सिड्नी । अष्ट्रेलियाको आम निर्वाचन क्याम्पेनिङ म्यानेजरमा नेपाली इन्जिनियर नगेन्द्र अधिकारी नियुक्त भएका छन् । उनलाई न्यु साउथ वेल्स राज्यका लागि मक्युरो इलेक्ट्रोकल क्षेत्रको निर्वाचन क्याम्पेनिङ म्यानेजरमा नियुक्त गरिएको हो । यहाँको निर्वाचन क्याम्पेनिङ म्यानेजरमा नेपाली नियुक्त भएको यो पहिलो पटक हो ।

अधिकारिले निर्वाचन संयोजन गरिदिन लागेका लिबरल पार्टीका उम्मेद्वार जाहुरुल क्वाजीका लागि अधिकारीको व्यवस्थापन र रणनीतिको ज्ञानले ठूलो सहयोग पुग्ने बताइन्छ ।

स्थानीय संचार माध्यमहरुका अनुसार, न्यु साउथ व्ह्लेसको यस क्षेत्रमा विभिन्न राष्ट्रबाट बसाइसराइ गरि आएका कुल मतदाता मध्ये नेपाली मुलका मतदाताको संख्या चार हजार रहेको छ । यहाँ ७० हजार भन्दा बढी मतदाता छन् भने १९ केन्द्र र २६ बुथ छन् ।

निर्वाचन आगामी २३ मार्चमा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments