पर्थ । अष्ट्रेलियाको पर्थमा केही दिन अगाडी १२ वर्षीय बालिकाले सन्तान जन्माएकी थिइन् । प्रहरीले ती बालिकाको नाम र अरु परिचय गोप्य राखेको छ ।

ती बालिकाले घरमा नै बच्चा जन्माएपछि उनी पील हेल्थ क्याम्पस पुगेकी थिइन् । त्यहाँ उनले आफू गर्भवती छु भन्ने नै थाहा नपाइ बच्चा जन्मिएको बताएकी थिइन् । त्यसपछि ती बालिका र उनको बच्चालाई किङ्ग एडवार्ड मेमोरियल हस्पिटल पठाईएको थियो । बच्चा स्वस्थ जन्मिएको स्वाथ्यकर्मीहरुले बताएका छन् ।

अष्ट्रेलियाको कानुनले १६ वर्ष भन्दा मुनीको व्यक्तिलाई यौन क्रियाकलापमा संलग्न हुन बन्देज गरेको छ । त्यसैले १२ वर्षकी बालिकाले बच्चा जन्माएपछि पुलिसले अनुसन्धान अगाडी बढाएको थियो । प्रहरीको अनुसन्धानबाट बच्चाको बाबु १४ वर्षीय बालक रहेको खुलेको छ । प्रहरीले उक्त बच्चाका बाबु आमा १६ वर्ष मुनिको उमेरमै यौन क्रियाकलापमा संलग्न भएका कारण कुनै सजाय दिने या नदिने भन्नेमा छलफल गरिरहेको छ ।

बालिकाको परिवारले बालिकालाई साथ दिइरहेको भएतापनि सामाजिक रुपले गहन मुद्दाहरु उठाईरहेको बताइएको छ । वेस्टर्न अष्ट्रेलियामा सन् १९८० देखि बालिका तथा किशोरीले बच्चा जन्माएका घटनाहरु बढ्न थालेका हुन् । तर अहिलेसम्म आइपुग्दा उक्त जन्मदर घटेको बताइएको छ ।

Source : au.news.yahoo.com

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments