काठमाडौं । दोस्रो जनआन्दोलनका क्रममा गोली लागेर घाइते भएका काभ्रेका मुकेश कायस्थ अझै ओछ्यानमा छन् । २७ चैत २०६२ मा सुरक्षाकर्मीको गोलीबाट १४ वर्षका मुकेश घाइते भएका थिए ।

गणतन्त्र स्थापनाका लागि ज्यानको बाजी लगाएर ०६२/०६३ को जनआन्दोलनमा घाइते कायस्थको परिवारले अझै देशमा परिवर्तन आएको महशुस गर्न सकेको छैन । मुकेशका लागि विभिन्न मन्त्रालय धाउँदा कर्मचारीको दुःख दिने प्रवृत्तिका कारण परिवारले व्यवस्थामा परिवर्तन महशुस नगरेको हो । मुकेशको उपचारमा लागेको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ, तर पछिल्लो समय उपचार खर्च दिन स्वास्थ्य मन्त्रालयका सचिवल महँगो अस्पतालमा लिएको भन्दै विभिन्न बहानामा दुःख दिएको आमा मीराले बताइन् ।

जनआन्दोलनका घाइतेको पुनस्र्थापनाका लागि सरकारले मुकेशको नाममा पुनस्र्थापना केन्द्र खोलिदिनुपर्ने परिवारको माग छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments