विश्व विजेता जर्मनी युरो कप छनोट फुटबलमा पोल्याण्डबाट स्तब्ध भएको छ ।

गएराति भएको खेलमा पोल्याण्ड २–० को जित निकाल्दै इतिहास रच्न पुग्यो ।  जर्मनीमाथि पोल्याण्डको यो अहिलेसम्मकै पहिलो जित हो । जितपछि पोल्याण्ड ६ अंकका साथ समूह डीको शीर्ष स्थानमा उक्लिएको छ भने ३ अंक जोडेको जर्मनी तेश्रो स्थानमा छ । यसैबीच फ्रान्स र पोर्चुगलबीचको मैत्रिपूर्ण फुटबल खेलमा पोर्चुगल पराजित भएको छ । शनिबार राति भएको खेलमा फ्रान्सले २–१ को जित निकालेको हो । यसैगरी अर्को ब्राजील र अर्जेटिनाबीचको मैत्रिपूर्ण खेलमा ब्रजिल विजयि भएको छ ।

लिओनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेको खेलमा ब्राजिलले अर्जेन्टिनामाथि २–० को जित निकालेको हो ।

Comments