एजेन्सी । जिमखानामा एक्सरसाइज गर्दै गरेकी एक युवतीलाई निकाला गरिएको छ । जर्मनीको एक जिमखानाले ती युवतीले छोटो टिसर्ट लाएको आरोपमा निकाला गरेको हो ।

२२ वर्षिया म्यारनीका अनुसार , उनले ट्रेड मिलमा एक्सरसाइज गरिरहेकी थिइन् । त्यसै समयमा आएर उनकी ट्रेनरले उनलाई त्यहाँबाट निकाला गरिएको बताईन् । म्यारनीले कारण सोध्दा ती ट्रेनरले म्यारनीले छोटो लुगा लगाएकोले जिममा एक्सरसाइज गरिरहेका पुरुषहरुको ध्यान भंग भएको बताईन् ।

जिममा स्पोर्ट्स ब्रामा मात्र रहेर एक्सरसाइज गर्न नपाउने उल्लेख थियो । तर म्यारनीले आफूले क्रप टिसर्ट लगाएको बताएकी छिन् । उनले उक्त दिन लगाएको लुगामा फोटो लिएर सामाजिक संजालमा राखेकी छिन् र घटनाको बारेमा समेत त्यहाँ उल्लेख गरेकी छिन् ।

सामाजिक संजाल प्रयोगकर्ताहरुले जिमखानाको त्यो हर्कत लज्जास्पद रहेको भन्दै उक्त जिमखानाको नाम समेत सार्वजनिक गर्न उनलाई सुझाव दिएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments