मेलबर्न । अष्ट्रेलिया डेको अवसरमा मेलबर्नमा नेपालीहरुद्वारा आयोजित भेटघाट तथा पिकनिक कार्यक्रम सम्पन्न भएको छ । मेलबर्नको उत्तरी सबअर्व/ क्षेत्र ईपिंग ओलर्टमा बस्ने नेपालीहरुले कार्यक्रमको आयोजना गरेका थिए।

मेलबर्नको ऊर्जा तथा वातावरण मन्त्री लिली डि’ अम्वोरजियोको सहभागितामा सम्पन्न उक्त भेटघाट तथा पिकनिक कार्यक्रममा बोल्दै मन्त्री लिलीले बहुसांस्कृतिक अष्ट्रेलियन समुदायलाई नेपाली समुदाय र संस्कृतिको सहभागिताले अझै समृद्ध बनाएको बताउनुभयो। ईपिंग ओलर्ट नेप्लिज कम्युनिटीले यस क्षेत्रका नेपाली समुदायलाई एक आपसमा जोड्न र नेपाली भाषा तथा संस्कृतिको लागि गरिरहेको विशेषगरि नेपाली बाल चौतारी जस्ता कामको प्रशंसा गर्दै यस्ता कार्यक्रमले बहुसांस्कृतिक समाजलाई अझै सुन्दर बनाउने उहाँको भनाई थियो ।

यस क्षेत्रमा रहेका झन्डै १ सय ६० जना नेपालीको सहभागिता रहेको कार्यक्रममा बालबालिका लागि मनोरन्जनात्मक कार्यक्रम समेत राखिएको थियो । कमिटी अध्यक्ष हरि खड्काले उपस्थित सबैलाई स्वागत गर्दै समुदायबिचको एकता राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो । हरि पाण्डेको संचालनमा सम्पन्न छोटो औपचारिक भेटघाट कार्यक्रमपछि खानपिन र रमाईलो पिकनिक कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई कमिटीको तर्फबाट अध्यक्ष खड्काले धन्यवाद् ज्ञापन गर्नुभएको थियो ।

पछिल्लो समय यो क्षेत्रमा नेपालीहरुको संख्या उल्लेख्य रुपमा बढिरहेको छ र यो कार्यक्रम कमिटीको नियमित बार्षिक कार्यक्रम अन्तर्गतको यो दोस्रो भेटघाट तथा पिकनिक कार्यक्रम हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments