मेलबर्न । नेपाल आइडल सिजन २ को विजेता रवि ओडको व्यस्तता र लोकप्रिय यतिखेर उचाइमा छ । उनलाई अहिले देश र विदेशमा हुने सांगीतिक कार्यक्रमहरुमा भ्याइ नभ्याइ छ ।

यतिखेर नेपाल आइडल रवि सांगीतिक टुरकालागि अष्ट्रेलियामा छन् । अष्ट्रेलियाका विभिन्न राज्यमा हुने नेपाल आइडल म्यूजिकल टुरकालागि अन्य प्रतिस्पर्धी सहकर्मीहरुसँगै रवि अष्ट्रेलिया भ्रमणमा आएका हुन् ।

यसैबीच रविले अष्ट्रेलियाबाट सामाजिक सञ्जालमा पोष्ट गरेको एउटा स्टाटसले अहिले सबैको ध्यानाकर्षण गरेको छ । उनको उक्त स्टाटसभित्रको मर्मबारे सबैले आआफ्नै तरिकाले विश्लेषण गरिरहेका छन् । रविले लेखेका छन्–’समयले होइन भोकले भन्छ कुन बेला खाना खाने भनेर । किनभने गरिबको घरमा डिनर,ब्रेकफाष्ट वा लञ्चको चलन हुँदैन ।’

Comments

comments