सिड्नी । अष्ट्रेलियामा अर्का एक नेपाली युवक पौडी खेल्न जाँदा डुबेका छन् । स्थानिय प्रहरी र रेस्क्यु टिमले संयुक्त रुपमा उद्धार कार्य सुरु गरेका थिए । तर रेस्क्यु टिमले उनको जीवित उद्धार गर्न सकेन । केही घण्टा पछि २५ वर्षीय ती युवकको शव फेला परेको छ । उनको सबै परिचय भने खुलेको छैन ।

न्यु साउथ व्हेल्सको बेन्ट्स बेसिनमा तीन जना युवा पानीमा चिच्याइरहेका थिए । डुब्न लागेका उनीहरुले गुहार मागिरहेका थिए । त्यसै समयमा उद्धार टोली पुगेकोले उनीहरुको उद्धार सम्भव भयो । तर ती २५ वर्षीय युवक भने डुबीसकेका थिए । त्यतिबेला बिहानको ११:३० बजेको थियो । त्यसपछि खोजि कार्य तिव्र पारिएको थियो । तर दिउसो १ :३० बजे उनको शव फेला पर्यो ।

जनवरी ९ मा पौडी खेल्न जाँदा हराएका अर्का नेपाली विद्यार्थी विगुल पण्डित अझै भेटिएका छैनन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments