मेलबर्न । अष्ट्रेलियाको लागि प्लेन चढ्ने समयमा एक युवकको भिसा रद्द भएको छ । गत जनवरी १८ मा भारतका जितेन्द्र पटेल अष्ट्रेलियाको लागि प्लेन चढ्ने तयारिमा थिए । उनको नाम अनाउन्स भएपछि उनी सेक्युरिटी चेकको लागि लाइनमा बसे । तर चेकिङ्गमा उनको पालो नआउंदै उनलाई लाइनबाट हटाइयो ।

२५ वर्षीय पटेल मेलबर्नमा भिजिटर भिसामा आउंदै थिए । प्लेनमा चढ्ने समयमा लाइनबाट हटाएपछि उनले त्यहाँ कारण सोधे । त्यहाँका अधिकारिहरुले अष्ट्रेलियाबाट अधिकारीहरुले सम्पर्क गरेर उनलाई प्लेनमा बस्न नदिन भनेको बताए ।

पटेलका अनुसार, त्यसपछि पनि अनलाइनमा हेर्दा उनको भिसा रद्द भएको थिएन, तर अर्को दिन हेर्दा भिसा रद्ध भएको उल्लेख थियो ।

पटेलले आफ्नो भिसा निवेदनमा आफूले अहमदाबादमा काठको ढोका बनाउने व्यवसाय संचालन गरिरहेको उल्लेख गरेका थिए । अष्ट्रेलियाका अधिकारिहरुले उनले निवेदनमा उल्लेख गरेको प्रकृति वुडन इन्डस्ट्रिजमा सम्पर्क गरे । त्यहाँ अर्का युवकले पटेल त्यहाँको व्यवसायी रहेको र आफू उनको बिजनेस पार्टनर रहेको बताए । त्यसपछि अधिकारिहरुले ती युवकसंग पटेलको आम्दानी, तलब, बिदा समय, बिदा सम्बन्धि आदि कागजातको बारेमा सोधपुछ गरे । तर ती युवकले ती प्रश्नहरुको स्पष्ट जवाफ दिन सकेनन् । जसले गर्दा पटेलले झुटो विवरण दिएको शंकामा अष्ट्रेलियाले अन्तिम भिसा रद्द गरिदियो ।

पटेलले भने व्यवसाय सक्रिय रुपमा आफूले संचालन गर्ने गरेको र आफ्नो पार्टनरले व्यवसाय नहेर्ने हुँदा उनलाई ती सबै कुरा जानकारी नभएको बताएका छन् ।

Source : www.sbs.com.au

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments