मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा एक सय ट्राफिक लाइट बन्द भएका छन् । मेलबर्न र जिलोंगका ट्राफिक लाइट बन्द भएपछि सडक नियम नियम अनुसार गाडी चलाउन भिक्टोरियाका सडक विभाग प्रवक्ताले सबैलाई अनुरोध गरेका छन् ।

अहिले भने केही ट्राफिक लाइटहरु सुचारु भइसकेका छन् । तापक्रम ४६ डिग्री भन्दा माथी पुगेपछि बिजुलीमा समस्या आएको हो । अहिले तापक्रम केही घटेको छ ।

बिहिबार राती भिक्टोरियामा बिजुली काटेको थियो । इमर्जेन्सी म्यानेजमेन्ट भिक्टोरियाका प्रवक्ताले बिजुली कट्नुको कारण बारेमा अनुसन्धान भएको बताएका छन् । उनले अनावश्यक रुपमा बिजुली खपत नगर्न तथा घरमा प्रयोग हुने बिजुलीबाट चल्ने सामान कम प्रयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन् ।

हाल भिक्टोरियामा आएको यो बिजुलीको समस्या कम गर्नको लागि साउथ अष्ट्रेलियाबाट पावर ल्याइएको छ ।

Source : au.news.yahoo.com

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments