एडलेड । अष्ट्रेलियाको संघिय सरकारले अहिले रिजनल क्षेत्रमा जनसंख्या तथा श्रमशक्ति बढाएर आर्थिक समृद्धि ल्याउनको लागि विदेशीहरुलाई आकर्षित गरिरहेको छ । विभिन्न राज्य सरकारले आफ्नो रिजनल क्षेत्रमा विदेशीहरुलाई ल्याउनको लागि विभिन्न स्किमहरु अगाडी बढाइरहेका छन् ।

साउथ अष्ट्रेलिया सरकारले विदेशीहरुलाई रिजनल क्षेत्रमा आकर्षित गर्नको लागि ६ हजार ४ सय डलर बराबरको प्रोत्साहन सुविधा अगाडी बढाएको छ । साउथ अष्ट्रेलियाले रिजनल क्षेत्रमा आउने विदेशी परिवारको लागि यो योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ४५७ र ४८२ भिसा होल्डरहरुले यो सुविधा पाउनेछन् । यो सुविधा ती भिसाहोल्डरको डिपेन्डेन्टमा रहेका उनीहरुका बालबालिकाको लागि उपलब्ध हुनेछ । अब ती बालबालिकाले त्यस क्षेत्रमा रहेका सरकारी स्कुलमा नि:शुल्क पढ्न पाउनेछन् ।

यसअघि ती भिसा होल्डरहरुले आफ्ना बालबालिकालाई पढाउनको लागि स्टुडेन्ट कन्ट्रीब्युसन फी तिर्नुपर्थ्यो । उक्त फी यो वर्ष प्राथमिक तहको लागि ५ हजार ३ सय डलर र हाइ स्कुलको लागि ६ हजार ४ सय डलर रहनेछ । ४५७ र ४८२ भिसा होल्डरले बालबालिका पढाउँदा अब त्यो फी तिर्नु नपर्ने भएको हो ।

source : www.sbs.com.au

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments