काठमाडौं । धनगढीसँग जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारनजिक दसगजाछेउमै भारतीय पक्षले माटोले ट्रेन्च निर्माण गरिरहेको छ ।

नेपाल पक्षलाई जानकारी नदिई भारतीय पक्षले स्काभेटर लगाएर करिब ५–६ फिट उचाइको टे«न्च बनाएको हो । यो टे«न्च निर्माणले वर्षामा पानी रोकिएर नेपाली भूभाग र बस्ती डुबानमा पर्ने चिन्ता स्थानीयको छ । सीमाछेउछाउमा कुनै पनि देशले अर्काे देशको अनुमतिबिना कुनै संरचना बनाउन नपाउने प्रावधान छ ।

चार वर्षअघि पनि यहीँ भारतीय पक्षले अहिलेको जस्तै माटोको ट्रेन्च बनाएको थियो । र विरोधपछि भत्काएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments