काठमाडौं । नेपाली भान्सा अचार बिना अधुरो हुन्छ । अचार विभिन्न कुराबाट तयार गर्न सकिन्छ, जस्तै, तरकारीजन्य कुरा, मासु, फलफूल आदि । त्यस्तै, खुर्सानीको अचार पनि बनाउने गरिन्छ । स्वास्थ्यको लागि पनि राम्रो मानिने डल्ले खुर्सानी सिसिमा राखेर अचार तयार गर्न सकिन्छ ।

 

आवश्यक सामग्री

२५० ग्राम डल्ले खुर्सानी

१० वटा कागती

नुन

 

बनाउने विधि

खुर्सानी र कागतीलाई राम्रोसंग पखाल्नुपर्छ ।

कागतीलाई काट्नुपर्छ ।

कागती काट्दा हरेक जसो टुक्रा बराबर हुने हिसाबले काट्नु राम्रो हुन्छ ।

कागती ठूलो छ भने एउटा कागतीबाट आठवटा टुक्रा बनाउनुपर्छ ।

खुर्सानीलाई बीचमा थोरै मात्र चिर्नुपर्छ ।

अचार राख्दा सिसीमा राख्नु राम्रो हुन्छ।

सफा सिसिमा सुरुमा कागती राख्नुपर्छ, त्यसपछि खुर्सानी, फेरी कागती र अनि खुर्सानी गरेर राख्नुपर्छ ।

त्यसपछि माथीबाट केही कागती निचोर्नुपर्छ  ।

अब चार चम्चा जति नुन राख्नुपर्छ ।

अब फेरी कागती निचोर्नुपर्छ, कागतीको रस बट्टाको माथि सम्म आउनुपर्छ।

अब बिर्को लगाएर एक हप्तासम्म सिसिलाई घाममा राख्नुपर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments