काठमाडौं । ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनस्र्थापना केन्द्रमा शारीरिक यातनाका कारण एक सेवाग्राहीको मृत्यु भएको छ । प्रहरीले हत्यामा संलग्न भएको भन्दै दुई जनालाई पक्राउ गरेको छ ।

सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड–४ का ३८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । शेर्पा पुनस्र्थापना केन्द्रका अध्यक्ष र खड्का म्यानेजर हुन् ।

उनीहरुले केही वर्षदेखि ललितपुर महालक्ष्मीस्थान –४ स्थित सेतीपाखामा वी केयर लागूऔषध पुनस्र्थापना तथा सुधार केन्द्र सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार सुधार केन्द्रमा दोलखा वैतेश्वर –६ नाम्दुका ४३ वर्षीय सीताराम घिमिरेको मृत्यु भएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments