सत्तारुढ दल नेपाली कांग्रेसले अब बन्ने नयाँ सविंधानमा ६ या ७ प्रदेशको प्रस्ताव अघि सारेको छ ।

प्रदेशबारे ठोस निर्णय गर्न नसकिरहेको कांग्रेले आज बसेको संसदीय दलको वैठकले यस्तो प्रस्ताव अघि सारेको हो । कांग्रेसको प्रस्तावमा तराईलाई तीनवटा प्रदेशमा विभाजन गरिएको छ । काग्रेसले अघि सारेका प्रदेशहरुको नामाकरण जातीय वा भाÈिक आधारमा नभई पूर्व, पश्चिम दिशामा आधारित छन् । अर्को वैकल्पिक प्रस्तावमा नदी र संस्कृतिस“ग जोडिएका अञ्चलहरुको नाम अघि सारिएको छ । काग्रेसले अघि सारेको ६ प्रदेशको पहिलो प्रस्तावमा पूर्वी प्रदेश, पूर्वी तराई प्रदेश, राजधानी प्रदेश, पश्चिम तराई प्रदेश, पश्चिम प्रदेश र सुदुरपश्चिम प्रदेश छन् ।

त्यस्तै ७ प्रदेशसहितको दोश्रो वैकल्पिक प्रस्तावमा सगरमाथा प्रदेश, जनकपुर प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र खप्तड प्रदेश रहेका छन् ।

Comments

comments