मेलबर्न । अष्ट्रेलियाको एडिलेडमा पहिलो पल्ट नेपाली समुदायबीच बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

नेप्लिज एडिलेड बास्केटबलको आयोजनामा सम्पन्न प्रतियोगितामा
कुल ८ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता थ्री अन थ्री तरिकाले खेलाइएको थियो ।

शुरुबाट नै निक्कै प्रतिस्पर्धात्मक रहेको प्रतियोगितामा दर्शकहरुले खेलाडीहरुको खेल हेरेर रमाइलो लिएका थिए । फाइनलमा नेप्लिज एडिलेड बास्केटबल नर्थले नेप्लिज एडिलेड साउथलाई ६९ को बिरुद्व ४९ ले जितेको थियो। प्रतियोगितामा रोहन धमलाले सर्वाधिक स्कोरको उपाधि पाउन सफल भए भने उत्कृष्ट रक्षकमा अभिषेक श्रेष्ठ र सर्वकृष्ट खेलाडी रुद्र गरबुजा घोषित भएका थिए।

कार्यक्रममा एनआरएन साउथ अष्ट्रेलियाकी उपाध्यक्ष रेनुका लामा र ग्रेसइन्टरनेशनलका डाइरेक्टर प्रकाश थापाले खेलाडीहरुलाई संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments