मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियाका एक पुलिस अफिसरलाई भिक्टोरिया कन्ट्री अदालतले १० महिनाको जेल सजाय सुनाएको छ । विक्रम गोपीनाथ नाम गरेका ती पुलिस अफिसरलाई जागिरबाट पनि बर्खास्त गरिने बताइएको छ ।

२९ वर्षीय गोपीनाथ मिल्डुरा थानामा रहंदा एक किशोरीसंग उनको भेटघाट भएको थियो । सन् २०१६ मा एक घटनाको समयमा उनीहरुबीच भेटघाट भएको थियो । त्यसपछि ती किशोरीले सामाजिक संजाल मार्फत पिडितको सहयोग गरेकोमा गोपीनाथलाई धन्यवाद दिइन् ।

गोपीनाथले ती किशोरीलाई संदेश पठाउन थाले । किशोरीले पनि रिप्लाई गर्न थालिन् र फेसबुक तथा स्न्यापच्याटमा उनीहरुको निरन्तर कुरा भयो । त्यसपछि उनीहरुको भेटघाट हुँदा गोपीनाथले किशोरीलाई जबर्जस्ति छोएको, चुम्न खोजेको किशोरीले बताएकी छिन् । यसको साथै गोपीनाथले पछिल्लो समय लगातार अश्लिल फोटोहरु पठाएका थिए ।

यो घटना पछि २०१७ मा ती किशोरीले पुलिसमा गोपीनाथको विरुद्धमा उजुरी गरेकी थिइन् ।

Source : https://www.sbs.com.au

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments