मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपसिटि इन्डोर च्याम्पियनशीप २०१९ सम्पन्न भएको छ । केही वर्ष देखि निरन्तर आयोजना हुँदै आएको इन्डोर च्याम्पियनशीपमा यो वर्ष नवौं बास्केटबल टुर्नामेन्ट र सातौँ नेपसिटि फुटसल टुर्नामेन्ट समावेश गरिएको थियो । गत २० जनवरीमा सम्पन्न प्रतियोगिताको आयोजना नेपसिटि मेलबर्नले गरेको हो ।

यस वर्षको नेपसिटि फुटसल टुर्नामेन्टमा यति फुटबल क्लबका तीन टिम, युनाइटेड फुटबल क्लब मेलबर्नका दुई टिम, रोयल वेस्टर्न क्लबका तीन टिम र त्यस्तै, रोयल फुटबल क्लब, हिमालयन टाइगर फुटबल क्लब, आयोजक नेपसिटि मेलबर्नबाट एक – एक टिम सहभागी थिए ।

प्रतिस्पर्धी टिम, स्वयंसेवक, प्रायोजकहरु लगायत नेपाली समुदायको उत्साहपूर्ण सहभागिताले रोचक र भव्य बनेको उक्त नेपसिटि फुटसल च्याम्पियनशीप २०१९ को उपाधि युनाइटेड फुटबल क्लब मेलबर्नले जित्यो । त्यस्तै, रोयल वेस्टर्न क्लब च्याम्पियनशीपको उपविजेता बन्न सफल रह्यो ।

रोयल वेस्टर्नका अमिता थापा ‘प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले टुर्नामेन्टमा सबैभन्दा धेरै गोल गरेका थिए ।

टुर्नामेन्टलाई ग्रेस इन्टरनेशनलले मूख्य प्रायोजन गरेको थियो । त्यस्तै, स्वादिष्ट नेपाली खाना तथा म:मको लागि चिनिने ‘द काठमान्डु कटेज’ र उत्कृष्ट फोटोग्राफीको लागि परिचित ‘ रमाइलो फोटोग्राफी’ ले टुर्नामेन्टको सह प्रायोजन गरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments