मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा यस वर्ष फेरि मःम फेष्टिबल हुने भएको छ । आगामी मार्च महिनामा तेस्रो पटक मःम फेष्टिबल हुने भएको हो । मार्च १७ मा हुने मःम फेष्टिबल स्थानीय कोबर्ग वेलोड्रोममा हुनेछ ।

नेपाली संस्कृति,संगीत र नेपाली खानाको एकसाथ प्रवद्र्धन गर्ने उदेश्यले आयोजना हुने मःम फेष्टिबलमा मःमका ३० भन्दा बढी प्रकार उपलब्ध हुने बताइएको छ । फेष्टिबलमा नेपाली ब्याण्ड र डिजेहरुले सांगीतिक प्रस्तुति दिनेछन् । साथै नेपाली मौलिक नृत्यहरु समेत रहनेछन् ।

निशुल्क प्रवेशको व्यवस्था मिलाइने फेष्टिबलमा आउनेहरुलाई आफ्नो साथमा केही सिक्का बोकेर आउन अपिल गरिएको छ । त्यसरी प्राप्त भएका डोनेशन सिक्का नेपालको च्यारिटी संस्था एमआइटी ग्रुप फाउन्डेशनलाई प्रदान गरिनेछ । फाउन्डेशनले नेपालका विभिन्न दुर्गम क्षेत्रमा विद्यालय तथा स्वास्थ्य केन्द्रहरु स्थापना गर्दै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments