एजेन्सी । ब्ल्याक सी मा दुईवटा मालबहाक पानी जहाजमा आगलागी हुँदा कम्तिमा १४ जनाको ज्यान गएको छ ।

तान्जिनियाको झण्डा रहेका दुईवटा मालबहाक पानी जहाजमा ब्ल्याक सी मा आगलागी भएको सरकारी अधिकारीले बताएका छन् ।

क्राइमियाको केर्च नजिकै पुगेका बेला पानी जहाजमा आगो लागेको बताइएको छ । अहिलेसम्म १४ जनालाई सकुशल उद्धार गरिएको छ । रुसका उद्धारकर्मी घटनास्थलमा पुग्ने र फसेकाहरुलाई उद्धार गर्ने प्रयासमा छन् ।

एउटा पानी जहाजमा ग्यासको ट्यांकर रहेको र आगो लागेपछि बिस्फोट पनि भएको जनाइएको छ । बिस्फोटका कारण अर्को पानी जहाजमा पनि आगलागी भएको हो ।

दुई पानी जहाजमा चालक दलका सदस्य १७ जना थिए र उनीहरु टर्की र भारतका हुन् । यस्तै १४ जना साइलोस पनि रहेको बताइएको छ ।

एउटा पानी जहाजबाट अर्कोमा इन्धन राख्ने क्रममा आगलागी भएको हो । आगलागी भएपछि पानी जहाजका चालक दलका सदस्यहरु समुद्रमा हामफालेका हुन् ।

Comments

comments