काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो।

फेसबुकमा स्टाटस लेख्दै रवि लामिछानेले रवि लामिछाने भनेका छन् ‘ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेलजी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाह दर्ता गरेका छौं ।’

यो निर्णय यति छिटो गर्ने योजना नै थिएन भन्दै उनले भनेका छन् ‘हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो । हामी समस्त दर्शक शुभ चिन्तक, परिवार इस्टमित्रहरुबाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद ।’

अहिले अदालती रुपमा विवाह गरे पनि परम्परागत रुपमा वैशाखमा विवाह गर्ने रवि लामिछानेले बताएका छन् । निकिता र रवि दुवै डिभोर्सी ( पहिले विवाह गरेर सम्बन्ध विच्छेद गरिसकेका ) हुन् ।

रवि लामिछानेले केही समय पहिले आफ्नी पहिलाे श्रीमती इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेका थिए ।

 

Comments

comments