एजेन्सी । चीनमा एक महिलाले पुरुषको आवाज सुन्न नसक्ने खबर अहिले सामाजिक संजालहरुमा फैलिरहेको छ । थर चेन भएको बताइएता पनि ती महिलाको नाम भने खुलाइएको छैन ।

एकदिन राती सुत्ने समयमा उनको कानमा घन्टी बजेजस्तो आवाज आइरहेको थियो । उनले असहज र बिमारी जस्तो अनुभव गरिरहेकी थिइन् । बिहान उठेपछि चेनले आफ्नो ब्वेफ्रेन्डले भनेको कुरा सुन्न सकीनन् । त्यसपछि उनी अस्पताल गएकी थिइन् ।

अस्पतालमा नाक, कान घांटी चिकित्सक महिला थिइन् । उनले डाक्टरको कुरा प्रष्ट सुनिन्, आफूले ब्वेफ्रेन्डले बोलेको सुन्न नसकेको बताईन् । त्यतिकैमा आइपुगेका पुरुष बिरामी बोलेको उनले सुन्न सकीनन् । त्यसपछि डाक्टरहरुले उनको समस्यालाई गम्भीर रुपले हेरेरका थिए ।

डाक्टरहरुका अनुसार उनलाई उच्च फ्रिक्वेन्सीको स्वर सुन्न सक्ने तर कम फ्रिक्वेन्सीको रोग सुन्न नसक्ने बिमार भएको छ । यसलाई “reverse-slope hearing loss” भनिन्छ ।

सामाजिक संजालमा धेरैले यो खबरलाई मजाकको रुपमा लिइरहेका छन् । तर यो धेरै कम व्यक्तिमा हुने एउटा बिमार हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments