काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिनुभएको छ ।

मानव तस्करीको अभियोग लागेपछि सरकारको निर्देशनमा राजदूत शेर्पाले राजीनामा दिनुभएको हो । झण्डै एक महिना लामो नेपाल बसाइमा आफूविरुद्ध लागेका केही गम्भीर आरोपबारे राजदूत शेर्पाले सफाइ दिए पनि त्यसबाट सरकार सन्तुष्ट नभएपछि उहाँलाई राजीनामा दिन निर्देशन दिइएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अष्ट्रेलियाबाट स्वदेश फर्कन र आवश्यक न्यूनतम् कुटनीतिक औपचारिकता पूरा गर्न उहाँको राजीनामा गोप्य राखिएको छ । राजदूत शेर्पा हाल अष्ट्रेलियामा रहनुभएको छ ।

आफ्ना एक निजी सहायकले मानव तस्करीको आरोप लगाएपछि राजदूत शेर्पालाई सरकारले आवश्यक सोधपुछका लागि नेपाल झिकाएको थियो।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments