काठमाडौ । छातिमा अकस्मात समस्या भएपछि नायिका ऋचा शर्मा अस्पताल भर्ना भएकी छिन् ।

छाति अचानक दुखेपछि विहीबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।

नायिका शर्माको स्वास्थ्यमा सुधार आएको छ। उनको आइसियूका उपचार भइरहेको छ।

अस्पतालबाटै सामाजिक सञ्‍जालमा आफ्‍नो स्वाथ्यबारे अपडेट गराउँदै ऋचाले आफूलाई हृदयघात नभएको र छातिमा सामान्य समस्या भएर अस्पताल भर्ना भएको बताएकी छिन्।

उनले भनिन्, ‘ मलाई हृदयघपात भएको होइन, सबै रिपोर्टहरु सामान्य छन्।’

Comments

comments