काठमाडौं । कुकिजको बिहानको नास्ता वा दिउँसोको खाजाको रुपमा खान सकिने परिकार हो । बटर कुकिज चिया संग या यत्तिकै पनि खान सकिन्छ । बटर कुकिजलाई बनाएर एउटा सुक्खा डब्बामा राखेपछि धेरै दिनसम्म प्रयोग गर्न सकिन्छ । यो घरमा खानको लागि मात्र नभएर पाहुनाको सत्कारको लागि पनि उपयोगी हुन्छ ।

बटर कुकिज घरमा नै सजिलो संग बनाउन सकिन्छ । यो कुकिज केवल तीन वटा सामग्रीबाट नै तयार गर्न सकिन्छ ।

आवश्यक सामग्री :

नौनी

मैदा

चिनीको धुलो

विधि:

एउटा भाँडोमा नौनी राख्ने र त्यसलाई मिक्स गर्ने ।

मिक्स भएपछि त्यसमा चिनीको धुलो राख्ने र मिक्स गर्ने ।

अब त्यसमा मैदा राख्ने र हातले मुछ्ने ।

मुछ्दा मुछ्दै त्यो पीठोको डल्लो जस्तो बन्छ , यदि बनेन भने थोरै पानी प्रयोग गरेर बनाउन सकिन्छ ।

त्यो डल्लोलाई एउटा आकार दिनुपर्छ, जस्तो हामीले कुकीजको आकार चाहन्छौं ।

त्यसपछि त्यसलाई कुकिजको आकारमा काट्दै जानुपर्छ ।

अब त्यसलाई बेक गर्नुपर्छ ।

बेक गर्दा १ सय ७५ सेल्सियस तापक्रममा १० देखि १२ मिनेट बेक गर्नुपर्छ ।

त्यसपछि त्यसलाई निकालेर एकछिन चिस्याउन राखेपछि कुकिज खानको लागि तयार हुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments