मेलबर्न । अष्ट्रेलियाको मेलबर्न स्थित सपिङ्ग सेन्टर नजिकै एक विदेशी विद्यार्थीको शव फेला परेको छ ।

बुधबार मेलबर्न सपिङ्ग सेन्टर नजिकै रहेको ट्रेन स्टेसनमा शव फेला परेको थियो । यात्रुहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्काल शवको पहिचान खुल्न सकेको थिएन । 

प्रहरीका अनुसार, उक्त शव एक विदेशी विद्यार्थीको रहेको खुलेको छ । २० वर्षिया ती युवती इजरायली विद्यार्थी रहेको पत्ता लागेको हो । आइया मासरवे नाम गरेकी ती युवतीको शव हेर्दा उनीमाथी यौन हिँसा भएको प्रहरीले अनुमान गरेको छ।

उनी राती डकल्याण्डबाट ट्रेनमा चढेको अनुमान गरिएको छ । घटना रहस्यमय भएको भन्दै प्रहरीले अनुसन्धान अगाडी बढाइएको बताएको छ ।

Source : au.news.yahoo.com

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments