सिड्नी । अष्ट्रेलियाको सिड्नीमा एक्स्पर्ट एजुकेशन एण्ड करियर फेयर २०१९ हुने भएको छ । यही जनवरी १८ तारिखका दिन एक्स्पर्ट एजुकेसन एण्ड कन्सल्टेन्सीको आयोजनामा उक्त करियर मेला हुने भएको हो ।

करियर मेलामा अष्ट्रेलियाका विभिन्न २० वटा युनिभर्सिटी तथा कलेजको सहभागिता रहने आयोजकले जनाएका छन् । नाटी, पिटीई, युनिभर्सिटीहरुमा उपलब्ध छात्रवृत्ति लगायत भिसा सम्बन्धि परिवर्तित नियमका बारेमा विद्यार्थीहरुलाई यस मेलाबाट पर्याप्त जानकारी मिल्ने बताइएको छ । आयोजकका अनुसार, मेलामा पिटीईको मोक टेष्ट सित्तैमा दिइनेछ ।

एक्सपर्ट सिड्नीको सिटीस्थित क्लीयरेन्स स्ट्रीटमा रहेको कार्यालयमा आयोजना हुने उक्त मेला दिउँसो २ बजेपछि ५ बजेसम्म चल्नेछ । एक्स्पर्टले अष्ट्रेलिया र नेपालमा समेत हरेक वर्ष यस्तो मेला आयोजना गर्दै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments