काठमाडौ । अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पालाई उनकै पूर्व कर्मचारीले लगाएको मानव तस्करीको आरोपमा छानविन गर्न गठित आन्तरिक समितिले क्लीन चिट दिएको छ।

समितिले राजदूत शेर्पालाई क्लीन चिट् दिएपछि परराष्टमन्त्री प्रदीप ज्ञवालीको निर्देशनमा उनलाई राजदूतकै हैसियतमा अष्ट्रेलिया पठाइएको छ। राजदूत शेर्पा जनवरी १४ तारेखमा अष्ट्रेलिया आइसकेकी छिन् । अभियोग लगाइएपछि सरकारले राजदूत शेर्पालाई काठमार्डौ बोलाइएको थियो ।

दुतावासका पूर्व कर्मचारी वाङ्छु शेर्पाले राजदुत शेर्पालाई ‘मानव तस्करी’ गरेको आरोप लगाएपछि विपक्षी दल नेपाली कांग्रेसले उनीमाथि छानविन गर्न माग गरेको थियो। अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले पनि सामाजिक सञ्जालहरुमा सत्यतथ्य छानविन हुनुपर्ने माग गरेका थिए।

अष्ट्रेलिया पठाउने भनेर ठगी गरेको आरोपमा सिआइबीबाट पक्राउ परेकी एक महिलाले राजदूत शेर्पासँगै मिलेर आफूले पैसा उठाएको बयान दिएपछि उनी अनुसन्धानको दायरामा तानिएकी थिइन्।

Comments