एजेन्सी । गर्भावस्था सामान्यतया: नौ महिना अवधिको हुन्छ। नौ महिनासम्म गर्भमा रहेर जन्मिएको बच्चालाई पूर्ण रुपमा विकसित भएर जन्मिएको बच्चाको रुपमा हेरिन्छ र ऊ स्वस्थ पनि हुन्छ। तर, पछिल्लो समय  नौं महिनाभन्दा अगावै बच्चा जन्मने क्रम बढ्दो छ । यसका केही कारणहरु यस्ता छन् :

आमाका कारण

गर्भवती आमामा मधुमेह, उच्च रक्तचाप, एन्टिबडी सेन्ड्रोम बढ्नेलगायतको समस्या भएमा वा पाठेघरमा ट्युमर छ भने पनि समयअघि नै बच्चा जन्मिन सक्छ ।

इन्फेक्सन, पोषण तत्वको कमी, हमोग्लोबिनको मात्रा कम भएको आमाबाट पनि निर्धारित अवधिभन्दा अगाडि नै बच्चा जन्मिन सक्छ ।

पाठेघरमा पानी

आमाको पाठेघरमा पानीको मात्रा बढी भएको आवस्थामा छिटो बच्चा जन्मने सम्भावना हुन्छ । यदि पाठेघरमा दुई लिटरभन्दा बढी पानी जम्मा भए समयअगावै बच्चा जन्मन पुग्छ ।

शिशुको कारण

आमाको गर्भमा रहेको शिशु शारीरिक रुपमा सामान्य भन्दा फरक छ भने चाँडै जन्मने सम्भावना हुन्छ । शिशुमा हृदयघातजस्ता समस्या भएपनि समयअगावै जन्मन सक्छ ।

बढी शिशु

कहिलेकाहीं आमाको पेटमा दुई वा दुईभन्दा बढी शिशु पनि हुन सक्छन् । यस्तो अवस्थामा पनि आमाको गर्भबाट नौं महिना भन्दा अगावै बच्चा जन्मन सक्छ ।

समय अगावै बच्चा जन्मेमा

गर्भधारण भएको ३७ हप्तापछि जन्मेको बच्चालाई मात्र स्वस्थ्य मानिन्छ । समय अगावै जन्मिदा बच्चा र आमा दुवैको स्वास्थ्यमा असर पर्न सक्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

 

Comments

comments