एजेन्सी। बलिवुड गायिका पलक मुछाल पछिल्लो समयमा लोकप्रिय गायिका मध्येमा गनिन्छिन्। विभिन्न रियालिटी शोमा जर्जको रुपमा समेत देखिने उनको सामाजिक कामबारे भने धेरै अनभिज्ञ नै छन् ।

गायिका पलकले अहिले सम्म १३ सय जना भन्दा बढी बालबालिकाहरुको जीवन बचाईदिएकी छिन्। उनले यो काम आफू ६ वर्षकी हुँदा देखि सुरु गरेकी हुन्।

१९९९ मा भारतमा भएको कारगिल युद्धले भारत खल्बलिएको थियो। त्यतिबेला गायन सिक्दै गरेकी ६ वर्षिया पलकले केही पसलहरुमा सात दिनसम्म गीत गाएर केही रकम जम्मा गरिन् र युद्धको चपेटामा परेका आफ्ना छिमेकी बालबालिकाहरुलाई सहयोग गरिन् । त्यसको अर्को वर्ष देखि उनले पसल तथा कार्यक्रमहरुमा गाएर पैसा जम्मा गरिन् । त्यसले उनले मुटुको महंगो शल्यक्रिया गर्न रकम नभएका बालकलाई सहयोग गरिन् ।

त्यसपछि भाइ पलासको सहयोगमा उनको काम निरन्तर अगाडी बढ्दै गयो र सन् २००० सम्म आउँदा संस्थाको रुप लियो। हालसम्मको अवधिमा उनले १३ सय भन्दा बढी मुटु रोगपिडीत बालबालिकाको महँगो शल्यक्रिया गराइ जीवन बचाईदिएकी छिन् । सहयोग रकम संकलन गर्न विभिन्न कार्यक्रममा हिंड्ने उनले ती कार्यक्रमहरुबाट आफ्नो लागि कत्ति पनि रकम राख्दिनन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments