मेलबर्न । अष्ट्रेलियामा नदीमा पौडी खेल्न गएका नेपाली विद्यार्थी बिगुल पण्डित अझै भेटिएका छैनन् । साथीहरुसंग नदीमा पौडि खेल्न गएका उनी गत हप्ताको बुधबार बेलुकाबाट बेपत्ता भएका हुन् । एक हप्ता बितिसक्दा पनि उनी फेला परेका छैनन् ।

प्रहरीले २१ वर्षीय बिगुललाई खोज्न हरसम्भव प्रयास गरिरहेको बताएको छ । सोमबार देखि नदी चार सेन्टिमिटर अझ बढेकोले थप तरिकाहरु अपनाइएको प्रहरीले जनाएको छ । बिगुलका आफन्तजन, साथी तथा नेपाली समुदाय उनलाई जीवित भेटाउने आशामा छ । प्रहरीले भने यति दिन बितिसक्दा पनि बिगुलबाट कुनै संकेत नपाएकोले उनी जीवित भेटिनेमा अब आफूहरु विश्वस्त नरहेको बताएको छ ।

बिगुलले काम गर्ने ठाउँ गुरु स्टार्ट क्याफे एण्ड रेष्टुरेन्ट अहिले बन्द छ । रेष्टुरेन्टका मालिक गुरु घ्युमानले होनाहार र मिलनसार बिगुल हराएको घटनाले आफूहरु विक्षिप्त भएको बताउंदै रेष्टुरेन्ट खोल्न नसकेको जनाएका छन् । उनले बिगुल भेटिनेमा आफूहरु आशावादी रहेको समेत बताएका छन् । रेष्टुरेन्ट जनवरी २३ सम्म बन्द रहने उनले जानकारी दिएका छन् ।

हाल अल्बरीमा बसोबास गर्दै आएका विगुल पण्डित साथीहरुसंगै मुर्रे नदीमा पौडि खेल्न गएका थिए । विगुल चार्ल्स स्टर्ट युनिभर्सिटीका अकाउन्टिंग विषयका विद्यार्थी हुन् ।

Source : www.dungogchronicle.com.au

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments