एजेन्सी। क्यानडाकी निकोल नेइसनेरले एक्लो महसुस गरिरहेकी थिइन् । ३६ वर्षिया उनले श्रीमानसंग सम्बन्ध विच्छेद गरेकी थिइन् र उनी अब एक्लै भएकी थिइन्।

सम्बन्ध-विच्छेद भैसकेपछि जब निकोल आफ्नो कामबाट घरमा आईन् । उनी छक्क परिन् । घरमा एक्लै भइने सोंच्दै कामबाट आएकी उनले घरभरि आफ्ना साथीहरु देखिन् । उनका ती साथीहरुले विवाहको पहिरन लगाएका थिए र हातमा वाइन लिएका थिए। र, उनीहरुले भने ‘ हामी डिभोर्स पार्टी गर्न आएका हौँ’ ।

निकोलले आफ्ना विवाहित साथीहरु त्यसरी तयार भएर ‘डिभोर्स पार्टी’ मनाउने भन्दा अचम्म परिन् । थन्काएर राखेको विवाहको पहिरन झिकिन्  र त्यसमा उनीहरुसंग आफू पनि सामेल भइन्। उनले भनेकी छिन् , ” त्यसपछि मलाई महसुस भएको, मेरो जिन्दगी अझै बाँकी छ, म रमाएर बाँच्न सक्छु र मलाई माया गर्ने मान्छेहरु मेरो वरिपरि छन् ” ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments