एजेन्सी । सन् २००७ मा बलिवुडमा पाइला टेकेकी नायिका दीपिका पादुकोणले हलिवुडसम्मको यात्रा तय गरिसकेकी छिन् । उनी बलिउडका फिट र सुन्दर नायिका मध्येमा पनि पर्छिन् । अभिनय कला संगै उनको डिम्पल पर्ने गाला र सुडौल शरीरले जोकोहीलाई मोहित बनाउँछ।

शरीरलाई त्यसरी फिट राख्नको लागि डिम्पल गर्ल दीपिकाले यस्तो रुटिन अपनाउँछिन् :

दीपिका हरेक बिहान ब्याडमिन्टन खेल्ने गर्छिन् ।

उनी सँधै जंक फूड र चिल्लो तथा मसालेदार खानाबाट टाढा रहन्छिन् ।

ब्रेक फास्टमा २ वटा अन्डा, कम फ्याट भएको दुध र साउथ इन्डियन खानामा उपमा, इडली र डोसा खान्छिन् भने खानामा २ वटा रोटी, ग्रिल्ड फिस र ताजा हरियो तरकारीका परिकार खान्छिन्  ।

उनको साँझको खाजामा  फिल्टर कफी र ड्राई फ्रुट्स पर्छ।  बेलुकाको खानामा नन-भेज खाना नखाने उनले रोटी, हरियो तरकारी र सलाद खान्छिन्  ।

हरेक बिहान ६ बजे उठ्ने उनले फिटनेश फर्मुलामा कार्डियो, जिम, डान्स र योगा गर्छिन्।

कम्तिमा आधा घण्टा हिंड्न मन पराउने उनी एरोबिक, जुम्बा र साल्सा जस्ता डान्स पनि गर्ने गर्छिन् ।

उनी धेरै पानी पिउने, फलफूल खाने र फलफूलको जुस, नरिवलको रस दिनहुँ पिउने गर्छिन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments