मेलबर्न । अष्ट्रेलियाको सनसाइन कोस्ट समुद्री किनार नजिक चार वर्षिया बालिका माथी यौन दुर्व्यवहार भएको छ । गत जनवरी ४ मा उक्त घटना घटेको हो ।

बालिका परिवारको साथमा Tickle Park गएकी थिइन् । खेल्दै जाँदा उनी नजिकै रहेको ब्लक शौचालयमा गइन् । उक्त शौचालय महिला-पुरुष दुवैको लागि थियो । बालिका शौचालयमा गएको केही छिन पछि एक व्यक्ति शौचालय गए र बालिका माथी यौन दुर्व्यवहार गरे ।

बालिका केही छिन पछि शौचालयबाट निस्किएर आफ्नो परिवार भएको ठाउँमा गइन् । उनले आफ्ना अभिभावकलाई शौचालय भित्र बहेको सबै कुरा बताएपछि घटना बाहिर आएको हो । बालिकाको मेडिकल जांच गर्दा, उनलाई कुनै पनि चोट नपुगेको बताइएको छ ।

ती व्यक्ति को थिए भन्ने पत्ता लाग्न सकेको छैन । प्रहरीले बालिकाले दिएको बयानको आधारमा खोजी जारि रहेको बताएको छ ।

Source : au.news.yahoo.com

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments