काठमाडौ । अंगको आकार व्यक्ति-व्यक्तिमा फरक हुन्छ र त्यस्तै, स्वभाव पनि। व्यक्तिको शरीरको अंगले पनि उसको स्वभावको बारेमा बोलिरहेको हुन्छ। यहाँ खुट्टाको आकार र व्यक्तिको स्वभावको बारेमा चर्चा गरिएको छ :

खुट्टाको बूढी औंलासंग चोर औंला र माझी औंला बराबर हुनेहरु

खुट्टाको बूढी औंलासंग चोर औंला बराबर हुनेहरु एकै ठाउँमा बसिरहन मन पराउँदैनन्। उनीहरि घुमफिर गर्न, मानिसहरुसंग घुलमिल हुन मन पराउँछन्। यस्ता व्यक्तिहरु सधै आकर्षणको केन्द्रमा पर्छन् र यिनीहरुको प्रेम जीवन पनि राम्रो रहन्छ।

लामो पाइताला हुनेहरु

लामो पाइताला हुनेहरु रहस्य लुकाउने खालका हुन्छन्। यिनीहरुले आफ्नै सोंचले कहिलेकाहीं आफ्नो लागि र अरुको लागि पनि समस्या निम्त्याउँछन्।

बूढी औंलो भन्दा चोर औंलो ठूलो हुनेहरु

बूढी औंलो भन्दा चोर औंलो ठूलो हुनेहरु आशावादी हुन्छन् । यिनीहरु छिटै उत्साहित पनि हुन्छन् । यिनीहरु सहयोगी र काममा पनि अगाडी बढ्ने खालका हुन्छन।

औंला एकैनासले सिंढी जस्तो मिलेर बसेका हुनेहरु

औंला एकैनासले सिंढी जस्तो बसेका खुट्टा हुने व्यक्तिहरु भरपर्दा हुन्छन्। यिनीहरु सफा र व्यवस्थित वातावरण मन पराउँछन्। यिनीहरु तार्किक निर्णय गर्ने खालका हुन्छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments