काठमाडौं । खिचडी माघेसंक्रान्तिको विशेष परिकार हो । जाडो मौसमको लागि खिचडी एकदमै लाभदायक हुन्छ । यसले चिसो लाग्नबाट बचाउँछ । अत्यन्तै सजिलो तरिकाले खिचडी पकाउन सकिन्छ ।

समान मात्रामा दाल र चामल एउटा भाँडोमा राखेर भिजाउने ।
प्रेसर कुकरमा घ्यु तताउने ।
घ्युमा अदुवा राखेर फ्राई गर्ने ।
त्यसपछि त्यसमा अघि भिजाएको चामल र दाल राखेर केही छिन भुट्ने ।
अब त्यसमा नुन र बेसार राखेर चलाउने ।
केही छिन चलाएपछि पानी राख्ने र कुकर बन्द गरेर पकाउने ।
चार सिठी लागेपछि खिचडी तयार हुन्छ । चाहना अनुसार, त्यसमा खुर्सानी, धनियाँ राख्न सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments