एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलको बार्सिलोनाले इबरलाई ३ – ० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेजले दुई गोल र कप्तान लियोनल मेस्सीले एक गोल गरे ।

युरोपको कुनै एउटा लिगमा ४०० गोल गर्ने पहिलो खेलाडी बनेका मेस्सीले दोस्रो हाफमा ब्यक्तिगत दोस्रो गोल गर्ने राम्रो मौका पाएका थिए । तर एइबारका गोलकिपर एसियर रियस्गोले उत्कृष्ट बचाउ गरे । मेस्सीले ४०० गोल पूरा गर्नका लागि ४३५ खेल खेलेका छन् ।

जितसंगै बार्सिलोनाले लिगमा पाँच अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाले १९ खेलबाट ४३  जोडेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments