काठमाडाैं । एप्पलले चीनमा आफ्नो च्यानल साझेदारीका लागि केही आईफोनको मूल्य ११८ डलर सम्मले घटाएको छ । चीनमा देखिएको आईफोनको कमजोर प्रदर्शनका कारण अमेरिकी प्रविधि कम्पनीले आफ्नो आम्दानी प्रक्षेपण घटाएपछिको अवस्थामा मूल्य कटौती गरिएको हो ।

चीनमा प्रमुख इ-कमर्श प्लेटफर्म जेडीले एप्पलबाट आईफोन-८ र आईफोन-८ प्लसको मूल्य ३ हजार ९ सय ९९ युआन र ४ हजार ७ सय ९९ युआनमा झारिने सूचना पाएको जनाएको छ ।

आईफोनको यो मूल्य शुक्रबारदेखि नै लागू भएको छ । यसलाई छोटो अवधिको प्रवर्द्धनका रुपमा हेर्न नहुने जेडीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments