मेलबर्न । अष्ट्रेलियाको शैक्षिक नीति अनुसार कुनै पनि शैक्षिक संस्थाले विश्वविद्यालयको मान्यता प्राप्त गर्न टेरटियरी एजुकेशनल क्वालिटी एण्ड स्ट्याण्डार्ड एजेन्सी टेक्साको मापदण्ड पूरा गर्नुपर्छ । अष्ट्रेलियामा हाल ४५ वटा विश्वविद्यालयहरु सञ्चालनमा छन्, जसले स्नातक,स्नातकोत्तर र विद्यावारिधि तह गरी मूख्य तीन प्रकारका कक्षाहरु सञ्चालन गर्ने गर्दछ । अष्ट्रेलियाका विश्वविद्यालयहरु तुलनात्मक रुपमा कलेजभन्दा महँगो र प्रतिष्ठित मानिन्छन् । किनभने यहाँ पढाउने प्राध्यापकहरु आफ्नो विषयका विज्ञ हुन्छन् । यस्तै विश्वविद्यालयहरुले विभिन्न रिसर्चहरुमा पर्याप्त लगानी गरेका हुन्छन् । जसको फाइदा त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले लिन पाउछन् ।

प्राविधिक तर्फको पढाइलागि भने अष्ट्रेलियामा कलेजहरु बढी उपर्युक्त मानिन्छ । यहाँका अधिकांश कलेजहरु टेक्निकल एण्ड फर्दर एजुकेशन इन्ष्टिच्युसन टेफको सम्बन्धन प्राप्त छन् । ती कलेजहरुले अष्ट्रेलियाको योग्यता मापदण्ड अनुसार व्यवसायिक तथा प्राविधिक कक्षाहरु सञ्चालन गर्ने गर्दछन् । त्यस्ता कलेजहरु कुनै निजी छन् भने कुनै विश्वविद्यालय मातहात सञ्चालित छन् ।

विश्वविद्यालयहरुले विद्यार्थीहरुको शैक्षिक योग्यतालाई मूख्य आधार बनाइरहँदा यहाँका कलेजहरुले भने कार्य क्षेत्रमा आवश्यक सीप,क्षमता र तालिम प्रदान गर्दछ । त्यसैले विश्वविद्यालय कलेजभन्दा बढी महँगो हुन्छ ।

अन्तराष्ट्रिय विद्यार्थीहरुले विश्वविद्यालय वा कलेज जहाँ पढे पनि पाउने सुविधा उस्तै हो । तर कामकालागि व्यवहारिक सीप र ज्ञान कलेजबाट पाइने भएकोले व्यवसायिक कलेजहरुमा भर्ना भएका नेपाली विद्यार्थीको संख्या पनि उल्लेख्य छन् ।

-हिमालयन कङ्गारु करियर डेस्क

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments