काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेका दुईवटा वाइडबडी जहाज लामो समय भइसक्दा पनि छोटो दूरीकै उडान भरिरहेका छन् । करिब १० लाखभन्दा बढी हवाई यात्रुलाई सेवा दिने र बजार हिस्सा १७ प्रतिशत पुग्ने दाबी गरेको निगमले वाइडबडी जहाजलाई खास गन्तव्यमा उडाउन नसक्दा घाटा बेहोर्नु परिरहेको छ ।

दैनिक १६ घण्टासम्म उडान भर्नसक्ने जहाज यतिबेला ८ घण्टा पनि मुश्किलले उडान भरिरहेको निगम व्यवस्थापनले बताएको छ । निगमका एक अधिकारीका अनुसार २ सय ७५ सिटको जहाजमा न्यारोबडी जहाजका १ सय ७५ यात्रु बोकेर उडाइँदैछ । जहाज आएको ६ महिनासम्म पनि नयाँ गन्तव्यको टुंगो लगाउन नसक्नु निगम व्यवस्थापनको चरम लापरवाही भएको उनले बताए ।

अर्बाैं लगानी गरेर भित्र्याएका एयरबसले छोटो दूरीको उडार गरेर इन्जिनको लाइफसाइकल खेर फालिरहेको गुनासो बढ्दै गएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments