मेलबर्न । नेपाली संघ अष्ट्रेलिया भिक्टोरिया राज्य समन्वय समितिले हालै सम्पन्न नेपाल फेष्टिभलको मेलबर्न संस्करणका स्वयंसेवीहरुलाई सम्मान गरेको छ ।

मेलबर्नको कोबर्ग लेकमा आयोजित एक कार्यक्रमकाबीच नेपाल फेष्टिबलका सहयोगी स्वयंसेवकहरुका साथै कलाकार, पत्रकार र अन्य संलग्नहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एनआरएनका अध्यक्ष टोनु घोतानेले सबैलाई स्वागत गरेका थिए । प्रमुख अतिथि अवैतनिक महावाणिज्यदूत योन्जनले यस पटकको नेपाल फेष्टिभल अविस्मरणीय बनेको बताए ।

कार्यक्रममा नेपाल फेष्टिभलका लागि एनआरएनले बनाएका विभिन्न टिमका संयोजकहरुले आफ्नो धारणा राखेका थिए । सन् २००८ बाट मेलबर्नमा नेपाल फेष्टिभल आयोजना गर्न सुरु गरिएको हो ।

हरेक दुई वर्षमा एनआरएनले नेपाल र नेपालीको प्रबद्र्धन गर्ने उद्देश्यका साथ यो फेष्टिभल आयोजना गर्दै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments