एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्षस्थानको लिभरपुलले संघर्षपूर्ण तर महत्वपूर्ण जित दर्ता गरेको छ ।

लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा जर्गेन क्लोप्पको टिम लिभरपुलले ब्राइटनमाथि १–० को जित दर्ता गरेको हो । पहिलो हाफमा ब्राइटनले भ्रमण टोली लिभरपुललाई गोलरहित बराबरीमा रोकेको थियो ।

तर दोस्रो हाफको सुरु तिरै गरेको गल्तीका कारण ब्राइटन चुक्यो । ५० औँ मिनेटमा लिभरपुलले पेनाल्टी पायो । अवसरलाई सदुपयोग गर्दै मोहम्मद सालहले गोल गरे ।

सालहले पेनाल्टी मार्फत गरेको गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो । जितपछि शीर्ष स्थानको लिभरपुलको २२ खेलबाट ५७ अंक भएको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ५० अंक छ ।

Comments