मेलबर्न । अष्ट्रेलियन सरकारले सन् २०१९ मा अँग्रेजी भाषा कमजोर हुने विदेशी नागरिकलाई पनि पीआर भिसा दिने घोषणा गरेको छ ।

अष्ट्रेलियाको नर्थन टेरीटोरी र भिक्टोरियाको दक्षिणी तटीय क्षेत्रमा अर्ध दक्ष क्षमताका विदेशी नागरिकहरुलाई पीआर दिने योजना सार्वजनिक गरेको हो । यसबारेमा हालै भएको सम्झौतापछि अँग्रेजीमा कमजोर भएकाले समेत पीआर भिसा पाउने बाटो खुलेको छ ।

मुलुकको यस क्षेत्रमा कामदारको अभावलाई मध्यनजर राखी नयाँ योजना ल्याउन लागिएको अद्यागमन मन्त्री डेभिड कोलमेनले बताए । केही विशेष क्षेत्रमा देखिएको कामदारको अभाव पूर्ति गर्न सरकार गम्भीर भएर लागेको उनले बताए ।

नयाँ भिसा योजनापछि विशेष गरी कृषि क्षेत्रका अर्ध दक्ष कामदारहरु लाभान्वित हुने बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments