मेलबर्न । नेपालको प्रदेश नम्बर ३ की गभर्नर एवं सिएनएन हिरो समाजसेवी अनुराधा कोइराला र नेपाली काँग्रेसका चर्चित युवा नेता गगन थापासँग आज अष्ट्रेलियााके सिड्नीमा अन्तरक्रिया हुने भएको छ ।

हाल अष्ट्रेलिया भ्रमणमा रहनुभएका कोइराला र थापासँग आज शनिवार च्यारिटी गाला डिनर र अन्तरक्रिया हुने भएको हो । जीवन उत्थान नामक स्वयंसेवी संस्थाको लागि सहयोग संकलन गर्ने उद्देश्यले कार्यक्रम राखिएको हो । जीवन उत्थानले नेपालमा असहाय बालबालिकाको उत्थानका लागि विविध कार्यक्रम गर्दै आएको छ । सिड्नीको हस्र्टभीलमा रहेको मराना अडिटोरियममा शनिबार साँझ ६ बजेदेखि कार्यक्रम आयोजना गरिनेछ ।

यसैबीच, अष्ट्रेलिया भ्रमणमा रहेका नेपाली काँग्रेसका युवा नेता गगन थापाको उपस्थितिमा मेलबर्नमा भोलि आइतवार अन्तरक्रिया हुने भएको छ । जनसम्पर्क समिति अष्ट्रेलिया मेलबर्नको आयोजनामा हुन लागेको अन्तरक्रिया स्थानीय साईप्रस कम्युनिटी हल लेगन स्ट्रीट ब्रन्सविकमा हुनेछ । नेपालमा समकालीन राजनीति र नेपालको विकासमा डायस्पोराको संलग्नता र योगदानको दायरा विषयमा अन्तरक्रिया गरिन लागेकोजनसम्पर्क समितिका अध्यक्ष सुरेश पोखरेलले जानकारी दिए । कार्यक्रम दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

Comments

comments