मेलबर्न । अष्ट्रेलियामा भएको सडक दुर्घटनामा एक नेपाली युवाले ज्यान गुमाएका छन् ।

चितवन घर भई अष्ट्रेलिया न्यूसाउथवेल्स राज्यको ओलंगनमा बस्दै आएका सुजन दाहालको बिहीबार मृत्यु भएको हो । उनी
५ वर्षअघि अष्ट्रेलिया आएका थिए ।

चार वर्षदेखि स्थानीय डोमिनोज पिज्जा सेन्टरमा काम गरिरहेका उनले पछिल्लो एक वर्षदेखि एज्ड केयरको काम थालेका थिए । एज्ड केयरमा काम गरेका उनी डब्बोको टारीमा रहेको घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

तिव्र गतिमा रहेको उनको गाडी प्रिन्सेस हाईवेमा रोकिराखेको लामो मालवाहक ट्रकमा ठोक्किन पुगेको थियो । दुर्घटनामा उनको ज्यान घटनास्थलमै गएको थियो । ट्रकका चालक घाइते भएको प्रहरीले जनाएको छ ।

न्यूसाउथवेल्स प्रहरीले एक विज्ञप्ति जारी गर्दै घटना बिहीबार अपरान्ह ५ः३० बजे भएको जनाएको छ । दुर्घटनाका कारण सडक केही समय अबरुद्ध पनि भएको थियो ।

Comments

comments