काठमाडौं । रविन्द्र मिश्र र उज्वल थापा संयोजक रहेको विवेकशील साझा पार्टी फुटेको छ । थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराउनु भएको छ ।

३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् । पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

१६ महिना अघि तत्कालिन विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएर विवेकशील साझा पार्टी बनेकोमा गत पुस १६ गते संयोजकमध्येका एक थापाले विवेकशील साझा पार्टीका सदस्यहरुका लागि भन्दै तयार पारेको १८ पृष्ठ लामो समीक्षा प्रतिवेदनमा पार्टी गलत बाटोमा हिँडिरहेको दावी गर्दै अहिलेको पार्टी संचालनमा आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments