सिड्नी । सिड्नीमा सलुनभित्र कपाल काट्दै गरेका युवकमाथी छुरा प्रहार भएको छ । मिमोसा रोड स्थित सलुनमा शुक्रबार साढे बाह्र बजेको समयमा घटना घटेको बताइएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार, २० वर्षीय ती युवकले कपाल काट्दै थिए । यत्तिकैमा बाइकमा आएका एक जना व्यक्तिले सलुन बाहिर बाइक रोकेर भित्र छिरे । त्यसपछि एक्कासी ती युवकलाई छुरा हानेर भागेका थिए । गम्भीर अवस्थामा रहेका ती युवकको उपचार भैरहेको छ ।

प्रहरीले घटनाको प्रकृति हेर्दा छुरा हान्ने व्यक्ति ती युवकलाई छुरा हान्ने उद्देश्यका साथ नै त्यहाँ आएको अनुमान गर्न सकिने बताएको छ । घटनामा संलग्नताको आशंकामा प्रहरीले एकजनालाई पक्राउ समेत गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments