क्विन्सल्याण्ड । अष्ट्रेलियाको क्विन्सल्याण्ड स्थित एक पेट्रोल पम्पले इन्धनमा पानी मिलाएर बेचेको खुलेको छ ।

Kearneys Spring Caltex मा एक महिलाले आफ्नो कारमा इन्धन भरिन् । त्यसको केही मिनेटपछि कारमा खराबी आयो । पेट्रोल पम्पमा केही बेर अगाडी भरिएको इन्धनमा ८० प्रतिशत भन्दा बढी पानी भएका कारण गाडीमा खराबी आएको ती महिलाले बताएकी छिन् ।

अर्का एक व्यक्तिले सोही पेट्रोल पम्पबाट इन्धन भर्दा मेकानिकले इन्धनमा ८० प्रतिशत पानी भएको बताएको भन्दै सामाजिक संजालमा पोस्ट गरेका छन् । चार जना व्यक्तिले उक्त पेट्रोल पम्पको बारेमा उही गुनासो गरेका छन् ।

पेट्रोल पम्पका प्रवक्ताले इन्धनमा पानी कसरि मिल्यो भन्ने थाहा नभएको र प्राविधिकहरुले त्यसको अनुसन्धान गरिरहेको बताएका छन् । उनले पानी मिलेको इन्धन भरिएका गाडी मालिकहरुलाई इन्धनको पैसा फिर्ता दिइने तथा गाडी मर्मतको लागि क्षतिपूर्ति समेत दिइने जनाएका छन् ।

Source : au.news.yahoo.com

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments