मेलबर्न । अष्ट्रेलियामा साथीहरुसंग नदीमा पौडिन गएका एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् । उनी बुधबार बेलुकाबाट बेपत्ता भएका हुन् ।

हाल अल्बरीमा बसोबास गर्दै आएका विगुल पण्डित साथीहरुसंगै मुर्रे नदीमा पौडिन गएका थिए । २१ वर्षीय विगुल बेलुका ७ बजेपछि बेपत्ता भएको बताइएको छ ।

संगै गएका साथीहरुले इमर्जेन्सीमा खबर गरेपछि विगुलको खोजी कार्य सुरु भएको थियो । बुधबार उनी नभेटीएपछि बिहिबार पनि विहानबाट नै प्रहरी र गोताखोरहरु उनलाई खोज्ने प्रयास गरिरहेका छन् ।

विगुल पण्डित चार्ल्स स्टर्ट युनिभर्सिटीका अकाउन्टिंग विषयका विद्यार्थी हुन् ।

स्रोत : एबिसी

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments