काठमाडौं । नेपाल–जापानबीच एक महिनापछि सीधा हवाई उडान हुने भएको छ । बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाल भ्रमणमा रहेका जापानी समकक्षी तारो कोनोबीच एक महिनापछि प्रत्यक्ष उडान सुचारु गर्ने सहमति भएको हो ।

ज्ञवाली र कोनोबीच कूटनीतिक नोट्स आदानप्रदान भएपछि सीधा हवाई उडान सुचारु गर्ने बाटो खुलेको हो । यो जापानको कानुनी प्रावधान हो । यसअघि ४ असारमा दुई देशबीच हवाई सेवा सम्झौता पुनरावलोकन भएको थियो । पर्यटन मन्त्रालयका अनुसार सो सम्झौताको १.३ प्रावधानमा कूटनीतिक नोट्स आदानप्रदानपछि नयाँ हवाई रुट सेड्युल प्रभावकारी हुने उल्लेख छ । सम्झौताअनुसार सातामा १४ उडान हुनेछ ।

दुई मन्त्रीबीच नेपाली कामदार जापान पठाउने विषयमा पनि छलफल भयो । परराष्ट्रमन्त्री ज्ञवालीले जापानले हालै ल्याएको नयाँ अध्यागमन नीतिअनुसार नेपाली श्रमिक जापान पठाउने विषयमा छलफल भएको बताउनुभयो  ।

नयाँ व्यवस्थाअनुसार नेपाललाई जापानले कामदारको एक स्रोत मुलुकका रूपमा समावेश गरेको छ । ‘यससम्बन्धी सहयोगपत्र जतिसक्दो छिटो सम्पन्न गर्न हामी दुवै सहमत भएका छौँ,’ ज्ञवालीले भन्नुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments